वैदेशिक रोजगारीमा रहेकाले एपोलो हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाण्डौ । एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले गत माघ २० गते १४ करोड १० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १४ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको थियो ।

