भारतमा छ एशियाको सबैभन्दा धनी गाउँ, बैंकमा ७ हजार करोड भारु निक्षेप
काठमाण्डौ । गुजरात भारतको शीर्ष व्यापारीक गन्तव्यमध्ये एक हो । यो राज्यले भारतलाई कयौं ठूला उद्योगपतिहरु दिएको छ । यति मात्रै होइन, यो राज्यमा एशियाकै धनी गाउँ समेत रहेको छ । गुजरातमा रहेको मधापर गाउँलाई एशियाकै धनी गाउँ भनेर चिनिन्छ । यो गाउँमा बसोवास गर्ने मानिसहरुसँग ७ हजार करोड भारुबराबरको मुद्दती निक्षेप रहेको छ । जसबाट पनि थाहा पाउन सकिन्छ कि यो गाउँ कति धनी छ भनेर ।...