ह्याकिङपछि बाइनान्सबाट ३ अर्ब ६० करोड डलरभन्दा बढी रकम झिकियो
काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी विनिमय प्लेटफर्म बाइनान्सका प्रयोगकर्ताले गत साता भएको ठूलो साइबर आक्रमणपछि ३ अर्ब ६० करोड डलरभन्दा बढी मूल्यका सम्पत्ति झिकेका छन्। साइबर आक्रमणपछि कारोबार स्थगित गरेको बाइनान्सले आइतबारदेखि पुनः सेवा सञ्चालनमा ल्याएसँगै प्रयोगकर्ताले ठूलो परिमाणमा रकम झिकेका हुन्।

