सोमबार, कार्तिक १६,२०८३ 08:39:28
  • सोमबार, कार्तिक १६,२०८३ 08:39:28
Global IME Bank Limited

ह्याकिङपछि बाइनान्सबाट ३ अर्ब ६० करोड डलरभन्दा बढी रकम झिकियो

Bizshala
ह्याकिङपछि बाइनान्सबाट ३ अर्ब ६० करोड डलरभन्दा बढी रकम झिकियो
New Office

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी विनिमय प्लेटफर्म बाइनान्सका प्रयोगकर्ताले गत साता भएको ठूलो साइबर आक्रमणपछि ३ अर्ब ६० करोड डलरभन्दा बढी मूल्यका सम्पत्ति झिकेका छन्। साइबर आक्रमणपछि कारोबार स्थगित गरेको बाइनान्सले आइतबारदेखि पुनः सेवा सञ्चालनमा ल्याएसँगै प्रयोगकर्ताले ठूलो परिमाणमा रकम झिकेका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उक्त साइबर आक्रमणमा ६ अर्ब ३० करोड डलर मूल्यका डिजिटल सम्पत्ति प्रभावित भएका थिए। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) सहितका प्रमुख संस्थाहरूले यस आक्रमणमा उत्तर कोरिया जिम्मेवार रहेको आरोप लगाएका छन्। यसलाई हालसम्मकै ठूलो साइबर आक्रमणका रूपमा लिइएको छ।

कम्पनीका अनुसार आक्रमणबाट चोरी भएका सम्पत्तिमध्ये करिब ९५ प्रतिशत बराबरको रकमको व्यवस्था गरिसकिएको छ। बाँकी रकम जुटाउन भने थप समय लाग्न सक्ने कम्पनीले जनाएको छ। बाइनान्सले आक्रमणबाट भएको सम्पूर्ण क्षतिको भरपाई गर्ने प्रतिबद्धता पटक–पटक दोहोर्‍याउँदै आएको छ।

Garima Development Bank
Bizshala
IME remit

बाइनान्सले सामाजिक सञ्जाल एक्समार्फत सुरुमा रकम झिक्ने क्रम तीव्र भए पनि पछि त्यसमा कमी आएको र अपेक्षा गरिएअनुसार स्थिति सामान्य हुँदै गएको जनाएको छ।

कम्पनीका अनुसार बिटक्वाइन र इथेरियमजस्ता प्रमुख क्रिप्टोकरेन्सीको निकासी सेवा पुनः सञ्चालनमा आइसकेको छ। सुरक्षा जाँच पूरा भएपछि अन्य सेवासमेत चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.