पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए
काठमाण्डौ । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा बाजुराको जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।गएराति लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ अन्तर्गत कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँध लगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।त्यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं. ६...

