बुधबार, श्रावण २०,२०८३ 01:35:52
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 01:35:52
Bizshala
Global IME Bank Limited

बाजुरामा प्राकृतिक विपद्: १६ भेडाबाख्रा मरे, दर्जनौँ बेपत्ता

बाजुरामा प्राकृतिक विपद्: १६ भेडाबाख्रा मरे, दर्जनौँ बेपत्ता
New Office

बाजुरा, बाजुरामा मंगलबार साँझ आएको असिनापानी, हुरीबतास, चट्याङ र पहिरोले जनजीवन र जीविकोपार्जनमा ठूलो असर पारेको छ। विशेषगरी पशुपालन र कृषिमा निर्भर स्थानीयहरूलाई यो प्राकृतिक विपद्ले गहिरो क्षति पुर्‍याएको देखिएको छ।

जिल्लाको पूर्वी उत्तरी भेगस्थित जगन्नाथ गाउँपालिका–२ को माथिल्लो हुनी क्षेत्रमा चराउन लगिएका भेडाबाख्रा घर फर्काउने क्रममा अचानक बिग्रिएको मौसमले ठूलो क्षति गराएको हो। वर्षासँगै आएको पहिरो र चट्याङका कारण कम्तीमा १६ भेडाबाख्रा मरेका र ३८ वटा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

स्थानीय किसानहरूको व्यक्तिगत क्षति पनि उल्लेखनीय छ। चैनबहादुर विष्टका भेडाबाख्रा पहिरोमा परेर नोक्सान भएको, अमृत ल्वारका पशुहरू पहिरोमा पुरिएको तथा अन्य किसानका दर्जनौँ चौपाया हराएको विवरण प्रहरीले संकलन गरिरहेको छ।

त्यसैगरी त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा चट्याङ परेर गोठमै तीनवटा भेडाबाख्रा मरेका छन्। 

मौसमको तीव्र अस्थिरताले पहाडी भेगमा पशुधन मात्र होइन, स्थानीय पूर्वाधारमा पनि क्षति पुर्‍याएको छ।

खप्तड छेडेदह गाउँपालिका–१ मा भने हुरीबतासले स्थानीय व्यापारी वीरे रावलको काठ र जस्तापाताले बनेको पसल नै उडाइदिएको छ। 

पसलभित्र रहेका लत्ताकपडा र सिलाई मेसिनमा पनि क्षति पुगेको बताइएको छ।

यता कृषि क्षेत्रमा पनि असर देखिएको छ। असिनापानीका कारण पाक्दै गरेको गहुँ बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ, जसले यस वर्षको उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ।

प्रहरीका अनुसार प्रभावित क्षेत्रमा विभिन्न चौकीबाट टोली परिचालन गरी क्षतिको विवरण संकलन र राहतको प्रारम्भिक आकलन भइरहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.