एक दशकमा विश्वका १% धनाढ्यले कमाए ४२ ट्रिलियन डलर, विश्वको आधि जनसंख्याको तुलनामा ३६ गुणा बढी
काठमाण्डौ । विश्वका १ प्रतिशत धनाढ्यले बितेको १ दशकमा ४२ ट्रिलियन डलरबराबरको सम्पत्ति आर्जन गरेका छन् । अक्सफामले एक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो । अक्सफामका अनुसार दश वर्षको अवधिमा विश्वका १ प्रतिशत धनाढ्यले कमाएको ४२ ट्रिलियन डलर बाँकी विश्वका आधि जनसंख्याले आर्जन गरेको भन्दा ३६ गुणा बढी हो । प्रतिवेदनमा धनाढ्य अझै धनी बन्दै गएतापनि उनीहरुमाथिको कर भने...