चीनका सेयर लगानीकर्ता बन्दैछन् कंगाल,६ ट्रिलियन डलर स्वाहा
काठमाण्डौ । चिनियाँ अर्थतन्त्रको अवस्था निकै नाजुक बनेको छ । कतिपय विश्व प्रतिष्ठित कम्पनीहरू धमाधम चीन छोडेर अन्यत्र हिँडिरहेका छन् । यही समयमा, निरन्तरको बिक्रीचाप र लगानीकर्तामा देखिएको चरम निराशाले चिनियाँ शेयर बजारमा समेत निकै ठूला पहिराहरु गइरहेका छन् । चीनको शेयर बजार विगत तीन वर्षदेखि घाटामा छ । यस वर्ष पनि चिनियाँ शेयर बजारमा कुनै राहातको संकेत देखिएको छैन।...