संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश सिफारिस डा. मनोज शर्माको सुनुवाइ प्रक्रिया शुक्रबारदेखि शुरु गर्ने
काठमाण्डौं । संसदीय सुनुवाइ विशेष समितिले शुक्रबारदेखि प्रधानन्यायाधीशमा सिफारिस डा.मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा शुरु गर्ने तयारी गरेको छ। यो चरण न्यायपालिका नेतृत्व चयनको संवैधानिक अभ्यासमा महत्वपूर्ण मानिन्छ।

