दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
काठमाडौं । यस वर्ष बडादसैंको टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे तोकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका ग्रहण गर्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्नेछ ।विजयादशमीका दिन देवी विसर्जनको शुभसाइत बिहान ८ः४९ बजे रहेको छ । त्यसपछि टीका तथा जमरा लगाउने कार्यक्रम सुरु हुनेछ ।

