नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्र लाल कर्ण नियुक्त
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को महानिर्देशक पदमा देवचन्द्र लाल कर्ण नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्राधिकरणका उपमहानिर्देशक कर्णलाई उक्त जिम्मेवारी दिएको हो। उनले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

