बुधबार, श्रावण ६,२०८३ 03:04:59
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:04:59
Bizshala
Global IME Bank Limited

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्र लाल कर्ण नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्र लाल कर्ण नियुक्त
New Office

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को महानिर्देशक पदमा देवचन्द्र लाल कर्ण नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्राधिकरणका उपमहानिर्देशक कर्णलाई उक्त जिम्मेवारी दिएको हो। उनले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

यसअघि महानिर्देशक रहेका प्रदीप अधिकारीमाथि भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सोही कारण अधिकारी निलम्बनमा परेका थिए। उनको निलम्बनपछि अस्थायी रूपमा नागरिक उड्डयन महाशाखाका प्रमुख तथा सहसचिव मुकेश डंगोललाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.