वायुसेवा निगमद्वारा चोरी भएका सामान बुझाउन आग्रह
काठमाण्डौ । नेपाल वायुसेवा निगमले गत भदौ २३ र २४ गतेको आन्दोलनमा हराएका तथा चोरी भएका सामान बुझाउन आग्रह गरेको छ । निगमले एक सूचना जारी गर्दै आन्दोलनका क्रममा लुटिएका नगद तथा जिन्सी सामान बुझाउन आग्रह गरेको हो । सूचनामा निगमको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भएको तोडफोड, आगजनी, चोरी एवम् लुटपाटबाट हराएका सामग्री फिर्ता गर्न सबैलाई आग्रह गरिएको छ ।