काठमाण्डौ। नेपाल वायुसेवा निगमले २०८१ चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ ।निगमले एक प्रेस विज्ञप्ती जारी गर्दै २०८१ चैत्र ३१ गते ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रकम भुक्तानी गरेको जनाएको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई बाइडवडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबड जहाजको २०८१ चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडवडि जहाजको आंशिक गरी उक्त रकम भुक्तानी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यस्तै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८१ चैत्र सम्मको अवधिमा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको निगमले जनाएको छ ।
साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज व्याजको व्याज हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको जनाइएको छ ।