बुधबार, श्रावण ६,२०८३ 03:05:02
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:05:02
Bizshala
Global IME Bank Limited

नेपाल वायुसेवा निगमद्वारा चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी

नेपाल वायुसेवा निगमद्वारा चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी
New Office

काठमाण्डौ। नेपाल वायुसेवा निगमले २०८१ चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ ।निगमले एक प्रेस विज्ञप्ती जारी गर्दै २०८१ चैत्र ३१ गते ५३ करोड ९ लाख ५५ हजार २  सय ८१ रकम भुक्तानी गरेको जनाएको छ ।  

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई बाइडवडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबड जहाजको २०८१ चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडवडि जहाजको आंशिक गरी उक्त रकम भुक्तानी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८१ चैत्र सम्मको अवधिमा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको निगमले जनाएको छ ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज व्याजको व्याज हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको जनाइएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.