बुधबार, असार १०,२०८३ 09:52:06
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:52:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्वाचनको दिन आवश्यकताका आधारमा आन्तरिक उडान हुने

Laxmi Sunrise Bank Limited
निर्वाचनको दिन आवश्यकताका आधारमा आन्तरिक उडान हुने

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन देशभरका आन्तरिक हवाई उडानहरू आवश्यकताका आधारमा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। प्राधिकरणका अनुसार निर्वाचनलाई लक्षित गर्दै अत्यावश्यक सेवामा कुनै अवरोध नआउने गरी उडान व्यवस्थापन गरिनेछ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता र मागअनुसार सञ्चालन हुनेछन्। अन्तर्राष्ट्रिय उडानतर्फ भने मध्यपूर्वी गन्तव्यबाहेक अन्य सबै गन्तव्यका उडानहरू पूर्ववत् तालिकाअनुसार सञ्चालन हुने स्पष्ट पारिएको छ।

New Office
CG Motors
Garima Development Bank

मध्यपूर्वी मुलुकतर्फका उडानहरू भने सम्बन्धित देशको निर्णय, गन्तव्य विमानस्थलको अवस्था तथा वायुसेवा कम्पनीहरूको संशोधित उडान तालिकाअनुसार सञ्चालन गरिने जनाइएको छ। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण ती गन्तव्यमा हुने उडानहरू अस्थायी रूपमा स्थगित हुँदै आएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राधिकरणले यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी विवरणका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क राख्न अनुरोध गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.