आईतवार, असार १५,२०८२ 03:36:24
  • आईतवार, असार १५,२०८२ 03:36:24
Global IME Bank Limited

प्राधिकरणद्वारा वायु सेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध

Hyundai Nepal
प्राधिकरणद्वारा वायु सेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध
Nabil Bank Limited

काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई काममा प्रतिबन्ध लगाएको छ । विना अनुमति वाइडबडी ‘ए३३०–२०० ९एन–एएलवाई’ जहाज मर्मतका लागि इटाली पठाएको उल्लेख गर्दै प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध लगाएको हो ।  

प्राधिकरणले अकाउन्टेबल म्यानेजर,ओडी र सीएएाओ म्यानेृजरलाई अर्को सूचना जारी नुहँदासम्मका लागि प्रतिबन्ध लगाएको छ । प्राधिकरणले उनीहरुले अनुमतिबिना विमानलाई स्वीकृति प्रदान नगरिएको स्थान इटली लगेको आरोप लगाएको छ ।  

नियामक प्राधिकरणले उनीहरुले हवाई सुरक्षा तथा नियामक पक्षलाई बेवास्ता गरेको जनाएको छ । प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, क्याप्टेन महेश्वरमान डङ्गोल र रमन घिमिरे, अपरेसन डाइरेक्टर क्याप्टेन दीपु ज्वार्चन र एयर वर्दिनेस म्यानेजर ज्ञानबहादुर कुँवरलाई निलम्बन गरेको छ ।

निगमले भने प्राधिकरणको निर्णविरुद्ध आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । निगमले ए३३० जहाजको सी चेक सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  

हरेक २ वर्षमा गर्नुपर्ने निगमको ए३३० विमानहरुको नियमति मर्मत(सी चेक)गर्न कम्पनी छनौट गर्नका लागि २०२४ फेबु्रअरी १३ मा ४५ दिनको समयसीमा तोकी राष्ट्रिय अंग्रेजी दैनिक पत्रिका तथा निगमको वेवसाइटमा टेण्डर आह्वान गरिएको र अमेरिकी कम्पनीको परेको टेण्डर मूल्यांकन उप–समितिले जाचँ गर्दा प्रभावग्राही नेदेखिएकाले उक्त टेण्ड्र प्रक्रिया रद्द गरिएको विज्ञप्तीमा उल्लेख छ ।

CG Motors
Muktinath Bikas Bank Limited

निगमले पुनः २०२४ मे १७ मा टेण्डर आह्वान गरेको र उृक्त प्रतिस्पर्धामा भाग लिन इच्छुक भएको तर समयावधी अभाव भएको कारण देखाई २ वटा कम्पनीलाई ई–मेल मार्फ अनुरोध गरिएको आधारमा ७ दिनको म्याद थप गरिएको तर उक्त कम्पनीहरुबाट थप भएको म्यादभित्र पनि टेण्डर पेश नभएको जनाएको छ ।  

‘वाइडबडी ए३३० ९एन–एएलवाई’को सी सेक मर्मत २०२४ जुन २६ भित्र सुरु गर्नुपर्ने भएको र समय निकै कम भएको हुनाले क्यानबाट स्वीकृत गरिएको एयरक्राफ्ट मेन्टेनेन्स प्रोगाममा व्यवस्था भए अनुसार सो जहाजको सी चेक गर्न २ जुन २०२४ मा पठाउने गरी क्यानसँग अनुमति माग गरिएको निगमद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

‘तर उता क्यानले ११ जुन २०२४ मा थप कागजात माग गरेकोमा २२ जुन, २०२४ मा क्यानबाट स्वीकृति नआएपछि इटली स्थिति एमआरओले दिएको मेन्टेनेन्स स्लटको समय सकिनै लागेको र अर्को स्लटको कुनै निश्चित नभएकाले युरोपेली युनियन (ईयू) को नियमानुसार ‘फेरी फ्लाइट फर मेन्टेनेन्स ओन्ली’ भनेर क्यानबाट एमआरओ भ्यालिडेशन प्राप्त भएपछि जहाज पठाइएको हो’ निगमले उल्लेख गरेको छ ।  

निगमले चालक दलका ५ जना मात्र लिएर २३ जुन, २०२४ मा दुबईबाट इटलीको नापेल्सस्थित  मर्मत कम्पनीमा स्थानिय समयअनुसार ९ बजे जहाज अवतरण गरेको जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.