काठमाण्डौ । नेपाल वायु सेवा निगमको महाप्रबन्धक पद खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेकी हुन् ।
उक्त सीमितले खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नेछ ।
समितिको विज्ञ सदस्यको रुपमा क्याप्टेन कुलबहादुर लिम्बु चयन भएका छन् । यस्तै पर्यटन मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिव सदस्य सचिवको रुपमा रहनेछन्। समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।