आईतवार, असार १५,२०८२ 03:11:18
  • आईतवार, असार १५,२०८२ 03:11:18
Global IME Bank Limited

सरकारद्वारा निगमको जहाज मर्मतबारे छानबिन समिति गठन

Hyundai Nepal
सरकारद्वारा निगमको जहाज मर्मतबारे छानबिन समिति गठन
Nabil Bank Limited

काठमाण्डौ । सरकारले नेपाल वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मतको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १८ असारको मन्त्रिस्तरीय निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।  

समितिमा प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमन, एक चार्टर्ड एकाउन्टेन्ट, एक जना कानुन विज्ञ रहेका छन् । साथै, मन्त्रालयका अधिकृत सुवर्णराज भट्टराईलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । समितिले दुवै जहाजका इन्जिन मर्मतबारे भएका निर्णयहरू अध्ययन गरी १५ दिनभित्र  सरकारलाई प्रतिवेदन बुझाउने छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसअघि गत असार १२ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई काममा प्रतिबन्ध लगाएको थियो । विना अनुमति वाइडबडी ‘ए३३०–२०० ९एन–एएलवाई’ जहाज मर्मतका लागि इटाली पठाएको उल्लेख गर्दै प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध लगाएको थियो ।  

प्राधिकरणले उनीहरुले अनुमतिबिना विमानलाई स्वीकृति प्रदान नगरिएको स्थान इटली लगेको आरोप लगाएको छ । प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, क्याप्टेन महेश्वरमान डङ्गोल र रमन घिमिरे, अपरेसन डाइरेक्टर क्याप्टेन दीपु ज्वार्चन र एयर वर्दिनेस म्यानेजर ज्ञानबहादुर कुँवरलाई निलम्बन गरेको छ ।

निगमले भने प्राधिकरणको निर्णविरुद्ध आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.