बुधबार, श्रावण ६,२०८३ 03:03:37
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:03:37
Bizshala
Global IME Bank Limited

निगमले चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने

निगमले चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने
New Office

काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्नो विमानको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ ।

यसका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक), इञ्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखलाई विमान नियमित उडानको कार्ययोजना ल्याउन निर्देशन दिइएको छ ।

उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी तदारुकताका साथ काम गर्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।  

यस्तै अत्यावश्यक र अत्यन्त जरुरीबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा नजान र मातहतका कर्मचारीलाई नपठाउन र सबै विभागका इञ्चार्ज र प्रबन्धकदेखि अन्य कर्मचारीलाई कार्यालयको काममा बाधा पर्नेगरी बिदा नलिन समेत निर्देशन दिइएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.