सेबोनको अध्यक्ष छनोट समितिबाट डा. गुणाकर भट्टले दिए राजीनामा
काठमाण्डौ। डा. गुणाकर भट्टले धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनोट समितिबाट राजीनामा दिएका छन् । अध्यक्ष नियुक्तिका लागि योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्य संयोजक रहने व्यवस्था अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. भट्ट उक्त समितिको संयोजक रहेका थिए।

