काठमाण्डौ। डा. गुणाकर भट्टले धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनोट समितिबाट राजीनामा दिएका छन् । अध्यक्ष नियुक्तिका लागि योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्य संयोजक रहने व्यवस्था अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. भट्ट उक्त समितिको संयोजक रहेका थिए।
तर, सोही पदका लागि उनका नातेदार (काका छोरा) डा. गोपाल प्रसाद भट्टले आवेदन दिएपछि स्वार्थ बाझिने अवस्था सिर्जना हुन सक्ने भन्दै उनले समितिबाट राजीनामा दिएका हुन्।
मन्त्रीपरिषदको गत वैशाख ८ गते बसेको बैठकले डा. गुणाकर भट्टको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन कुमार दाहाल सदस्य रहेका छन् ।

