स्मार्ट लाइसेन्सको जाम खुल्दै, ईडीएलभीआरएसबाट छपाइ सुरु
काठमाण्डौ । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु भएको छ।यातायात व्यवस्था विभागले लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको ढिलाइ र सेवाग्राहीको चाप कम गर्ने उद्देश्यसहित नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु गरेको हो।ईडीएलभीआरएसमा सेवाग्राहीको विवरण अपलोड...

