बिहीबार, श्रावण २१,२०८३ 07:07:48
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 07:07:48
Bizshala
Global IME Bank Limited

नेपालमै पहिलोपटक ट्याब्लेटमार्फत सवारी चालक अनुमतिपत्रको परीक्षा

नेपालमै पहिलोपटक ट्याब्लेटमार्फत सवारी चालक अनुमतिपत्रको परीक्षा
New Office

काठमाण्डौ । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा देखिँदै आएको अनियमितता, ढिलासुस्ती र व्यवस्थापकीय चुनौती समाधान गर्ने उद्देश्यसहित गण्डकी प्रदेशअन्तर्गतको नवलपुरस्थित कावासोती यातायात व्यवस्था कार्यालयले डिजिटल परीक्षा प्रणाली सुरु गरेको छ। नेपालमै पहिलो पटक ट्याब्लेटमार्फत लिखित परीक्षा सञ्चालन गर्दै कार्यालयले यातायात सेवामा प्रविधिमैत्री अभ्यासको सुरुवात गरेको हो।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले औपचारिक रूपमा उद्घाटन गरेसँगै ट्याब्लेटमा आधारित परीक्षा प्रणाली कार्यान्वयनमा आएको हो। नयाँ प्रणालीले परीक्षालाई पारदर्शी, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।

यसअघि कागजी माध्यमबाट सञ्चालन हुने परीक्षामा परीक्षार्थीको पहिचान, उत्तरपुस्तिका व्यवस्थापन तथा नतिजा प्रकाशनमा विभिन्न समस्या देखिँदै आएका थिए। नागरिकता वा प्रवेशपत्रमा रहेको तस्बिर स्पष्ट नहुने, नक्कली परीक्षार्थी सहभागी हुन सक्ने र उत्तर जाँचमा समय लाग्ने जस्ता चुनौती अब डिजिटल प्रणालीबाट कम हुने विश्वास गरिएको छ।

नयाँ प्रणालीमा एआई र फेस म्याचिङ प्रविधि प्रयोग गरिएको छ। यसले परीक्षा दिने व्यक्तिको पहिचान सुनिश्चित गर्न सहयोग गर्नेछ।

सुरक्षालाई ध्यान दिँदै परीक्षा सञ्चालनका लागि प्रयोग हुने ट्याब्लेट कार्यालयकै नियन्त्रणमा राखिएको छ। कार्यालयबाहिर गएपछि प्रणाली सञ्चालन नहुने गरी सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ।

हालसम्म ५३ जना परीक्षार्थीले ट्याब्लेटमार्फत परीक्षा दिइसकेका छन्। तीमध्ये ४० जना उत्तीर्ण भएका छन् भने १३ जना अनुत्तीर्ण भएका छन्। ३० मिनेटको समय निर्धारण गरिएको परीक्षामा अधिकांश परीक्षार्थीले ४ देखि २२ मिनेटभित्रै उत्तर पूरा गरेका थिए।

प्रविधिमा सहज नभएका सेवाग्राहीलाई लक्षित गर्दै कार्यालयले वैकल्पिक व्यवस्थासमेत कायम राखेको छ। ट्याब्लेट प्रयोग गर्न कठिनाइ हुने परीक्षार्थीले सोही डिजिटल प्रश्नपत्र प्रिन्ट गरेर परम्परागत कागजी माध्यमबाट परीक्षा दिन सक्नेछन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.