मंगलवार, असार १७,२०८२ 04:30:37
  • मंगलवार, असार १७,२०८२ 04:30:37
Global IME Bank Limited

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

Hyundai Nepal
अब सवारी  लाइसेन्सको अवधि १० वर्ष हुने
Nabil Bank Limited

काठमाण्डौ । अब सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष हुने भएको छ । प्रतिनिधि सभाले ‘केही नेपाल ऐन संशोधन विधेयक’ पारित गरेको छ ।  

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ दफा ५४ को उपदफा ३ संशोधन गर्दै लाइसेन्सको अवधि १० वर्ष कायम गरिएको हो ।  

हाल भने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार लाइसेन्सको अवधि ५ वर्ष रहने व्यवस्था रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो विधेयक अघिल्लो सरकारले कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ भएका बेला ल्याएको थियो । प्रतिनिधि सभामा २०८० वैशाख २६ मा दर्ता गरिएको यो विधेयक विषयगत समितिमा छलफलपछि २०८१ वैशाख १४ मा पुनः सभामा आएको थियो । मंगलबारको प्रतिनिधि सभाको बैठकले यो विधेयक पारित गरेको छ ।  

यससँगै यो विधेयक अब राष्ट्रिय सभामा लगिनेछ र सभाबाट पारित भएपछि भएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नेछन् । जसपश्चात यो ऐनको रुपमा लागू हुनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.