नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब नाघ्यो, बागमतीको योगदान सबैभन्दा बढी
काठमाण्डौ। नेपालको अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष २०८२÷८३ मा ६६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उल्लेख्य रूपमा विस्तार हुँदै गएको देखिएको हो।सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रदेशगत योगदानमा बागमती प्रदेश अग्रस्थानमा रहेको...

