काठमाण्डौ । सरकारले कम्पनी दर्ता सङ्ख्यामा वृद्धि हुँदै गएको जनाएको छ । आज अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार २०८२ फागुनसम्म दर्ता भएका कम्पनीको सङ्ख्या ३ लाख ६९ हजार ६ सय ४६ पुगेको छ ।
दर्ता भएका कम्पनीमध्ये प्राइभेट लिमिटेड कम्पनी सबैभन्दा बढी ९७.५ प्रतिशत र अन्य कम्पनी २.५ प्रतिशत रहेका छन्।
चालु आर्थिक वर्षको फागुनसम्म १५ हजार ३ सय ६३ थप कम्पनी दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी प्राईभेट लिमिटेड कम्पनी ९७.४० प्रतिशत रहेका छन् ।
विगत दश वर्षको अवधिमा आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी २९ हजार १७ कम्पनी दर्ता भएका छन् । यस अवधिमा आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा कम १४ हजार १ सय ३० कम्पनी दर्ता भएका छन् ।

