इयुमाथिको ५०% ट्यारिफको डेडलाइनलाई जुलाई ९ सम्म लम्बाउन ट्रम्प सहमत
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनमाथि लगाइएको ५० प्रतिशत ट्यारिफको डेडलाइनलाई जुलाई ९ सम्म लम्बाउन सहमत भएको बताएका छन् । ट्रम्पले ट्यारिफको डेडलाइनलाई थप गर्न युरोपियन कमिशनकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अनुरोध गरेको र आफू जुलाई ९ सम्म लम्बाउन सहमत भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथमार्फत यस्तो जानकारी दिएका हुन् ।