मंगलवार, भाद्र ३०,२०८३ 06:27:11
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 06:27:11
Bizshala
Global IME Bank Limited

चिनियाँ ईभी निर्मातालाई युरोपेली युनियनको झट्का, ५ वर्षसम्म ४५% कर लगाइने

चिनियाँ ईभी निर्मातालाई युरोपेली युनियनको झट्का, ५ वर्षसम्म ४५% कर लगाइने
New Office

काठमाण्डौ । युरोपेली युनियन(ईयु)ले चिनियाँ ईभी सवारी साधनहरुमा भारी कर लगाउने भएको छ । ईयुका अधिकांश देशहरुले समर्थन गरेपछि चिनियाँ ईभीमाथि युरोपमा भारी कर लगाउने तयारी भएको हो ।  

युरोपेली नेताहरुले चिनियाँ इभी अटो युरोपेली बजारका लागि खतरा बन्न सक्ने आकँलन गर्दै चीनबाट आयात हुने ईभी गाडीहरुमा भारी भन्सार शुल्क लगाउने निर्णय गरेका हुन् ।  

चीनमा निर्मित विद्युतीय सवारी साधनमा आगामी ५ वर्षसम्मका लागि ४५ प्रतिशत कर लगाइनेछ । तर यो निर्णयका कारण युरोपमा ईभी सवारी साधनहरुको मूल्य बढ्न सक्ने आशंका गरिएको छ । युरोप चिनियाँ ईभीका लागि ठूलो र महत्वपूर्ण बजार हो ।

Shivam Cement
Bizshala
CG Motors

पछिल्लो समय चीनको कार उद्योग व्यापक वृद्धि भएको छ । बीवाईडी जस्ता चिनियाँ कम्पनीले अन्तराष्ट्रिय बजारमा राम्रो प्रभाव छाड्न सफल भएका छन् । विश्व बजारमा चिनियाँ ईभी कम्पनीले आफ्नो प्रभुत्व विस्तार गरिरहेका छन् । चिनियाँ सस्ता कारहरुसँग स्थानिय कम्पनीहरुले प्रतिष्पर्धा गर्न नसक्ने त्रासका कारण युरोप जस्ता बजारहरु चिनियाँ कम्पनीको उपस्थितिलाई कम गर्न लागि परेका छन् ।  

Muktinath Bikas Bank Limited

ईयुले नयाँ भन्सार शुल्क गत जुलाई ४ देखि लागू गर्ने निर्णय गरेको थियो । तर यो निर्णय आगामी ५ वर्षका लागि लागू गर्ने कि नगर्ने भनेर शुक्रबार मतदान भएको छ । जसमा जर्मनीले विपक्षमा मतदान गरेको छ । जर्मनीको अटो क्षेत्र चिनियाँ आयातमा निर्भर रहेकाले जर्मनी चिनियाँ ईभीलाई कर लगाउने विषयको विपक्षमा उभिएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.