एक्सेल डेभलपमेन्ट बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी भदौ २४ गते झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा...

