शुक्रबार, श्रावण २९,२०८३ 07:54:44
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 07:54:44
Bizshala
Global IME Bank Limited

एक्सेल डेभलपमेन्ट बैंकले कमायो १५.५७ करोड नाफा, कति पुग्यो ईपीएस ?

Prabhu Bank Limited
एक्सेल डेभलपमेन्ट बैंकले कमायो १५.५७ करोड नाफा, कति पुग्यो ईपीएस ?
New Office

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उल्लेखनीय वित्तीय सुधार गर्दै १५.५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंक ६३.८३ लाख घाटामा रहेको अवस्थामा यो परिणामले बैंकको वित्तीय अवस्थामा थप सकारात्मक प्रगति देखिएको छ । अघिल्लो त्रैमासकको तुलनामा वितरणयोग्य नाफा १४.५३ करोड रुपैयाँले वृद्धि भई कुल जम्मा १५.०७ करोड रुपैयाँ पुगेको छ । जसबाट बैंकको लाभांश बाँड्ने क्षमता वृद्धि भएको छ ।  

बैंकको प्रति सेयर आम्दानी (ईपीएस) १६.६१ रुपैयाँ पुगेको छ, जसले लगानीकर्ताहरूका लागि आकर्षक प्रतिफलको संकेत दिएको छ । त्यसैगरी, प्रतिसेयर नाफा(डीपीएस) मा पनि सकारात्मक वृद्धि भई १५.३९ रुपैयाँ कायम हुनु सेयरधनीहरूका लागि थप सकारात्मक पक्ष हो ।

त्यसैगरी, बैंकको पूँजी पर्याप्तता अनुपात १४ प्रतिशत कायम रहनुले वित्तीय जोखिम वहन गर्ने क्षमता बलियो रहेको देखाउँछ । यसबाट नियामकीय मापदण्डभित्र रहेर बैंकले सुरक्षित र सन्तुलित रूपमा कर्जा विस्तार गरिरहेको स्पष्ट देखिन्छ ।

CG Motors

बैंकको आधार व्याजदर ५.६७ प्रतिशतमा कायम रहनु ग्राहकका लागि थप राम्रो संकेत हो । यसले कर्जा ब्याजदरलाई प्रतिस्पर्धी बनाउँदै लगानी र व्यवसाय विस्तारमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

बैंकले पछिल्लो समय आक्रामक कर्जा विस्तार नीति अपनाउँदै बजारमा सक्रिय उपस्थिति जनाइरहेको छ । यस रणनीतिले आर्थिक गतिविधि बढाउन र ग्राहकहरूलाई सहज वित्तीय पहुँच उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

समग्रमा, बैंकको यो प्रदर्शनले संस्थागत स्थायित्व, व्यवस्थापनको दक्षता र भविष्यप्रति सकारात्मक संकेत प्रस्तुत गरेको छ । आगामी दिनमा पनि यस्तै सुधारको निरन्तरता रहने अपेक्षा गरिएको छ ।

कोशी प्रदेश कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यस बैंकले हाल झापा, इलाम, मोरङ्ग, सुनसरी, पॉचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका विभिन्न ४७ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरु साथै तीनवटा एटीएम मार्फत ग्राहकहरु समक्ष बैंकिंग सेवाप्रदान गरिरहेको छ । साथै बैंकले आफ्नो सेवा विस्तार गर्दै कोशी प्रदेश कार्यक्षेत्र भित्रका अन्य जिल्लाहरुमा समेत थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X