हाइड्रो कम्पनीले कमाए रु. ३.८१ अर्ब नाफा, २० वटा घाटामा
काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुले पौने ४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत ९० वटा हाइड्रोपावर कम्पनीले ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ३५.०४ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले २ अर्ब ८२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए...