उडिरहेको विमानमा पाइलट र सहपाइलटबीच कुटाकुट, आपत्कालीन अवतरण
काठमाण्डौ । दुबईबाट इजरायलको तेलअभिभतर्फ उडेको फ्लाइदुबईको विमानमा पाइलट र सहपाइलटबीच लफडा (झगडा)भएपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरिएको छ।बुधबार बिहान संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानले यात्राको करिब दुई घण्टापछि आपत्कालीन संकेत जारी गरेको फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ ले जनाएको छ।

