दुई कम्पनीको १७ लाख २० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण भएको छ। रूपान्तरणपछि दुवै संस्थाको संस्थापक तथा सर्वसाधारण सेयर स्वामित्व अनुपात ६०:४० कायम भएको छ।फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ११ लाख ९५ हजार ९५३.७१ कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा रूपान्तरण भएको हो।

