उपत्यकामा एलपी ग्यासको अभाव, बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई ३ लाख जरिवाना
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएसँगै कालोबजारीसमेत बढेको छ। असारको अन्तिम सातादेखि सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ता पछिल्लो समय आपूर्ति शृङ्खामा आएको अवरोधका कारण थप समस्यामा परेका हुन्।भोटेकोशीमा आएको हिमबाढी तथा पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण ग्यास बोकेका बुलेट उपत्यका भित्रिन नसक्दा बजारमा आपूर्ति...

