Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 11:37:12
Bizshala
Global IME Bank Limited

उपत्यकामा एलपी ग्यासको अभाव, बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई ३ लाख जरिवाना

उपत्यकामा एलपी ग्यासको अभाव, बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई ३ लाख जरिवाना
New Office

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएसँगै कालोबजारीसमेत बढेको छ। असारको अन्तिम सातादेखि सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ता पछिल्लो समय आपूर्ति शृङ्खामा आएको अवरोधका कारण थप समस्यामा परेका हुन्।

भोटेकोशीमा आएको हिमबाढी तथा पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण ग्यास बोकेका बुलेट उपत्यका भित्रिन नसक्दा बजारमा आपूर्ति प्रभावित भएको हो। अभावको फाइदा उठाउँदै केही व्यवसायीले उपभोक्ताबाट तोकिएको मूल्यभन्दा बढी रकम असुल्न थालेका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास अभावको मौका छोपी उपभोक्ता ठगी गरेको भन्दै काठमाण्डौको मूलपानीस्थित बाबा चोकमा रहेको अनिल खाद्य किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागको अनुगमन टोलीले सुगम ग्यासको सिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरेको प्रमाण फेला पारेपछि उक्त पसललाई जरिवाना गरिएको हो। गोप्य उजुरीका आधारमा अनुगमन गर्दा बढी मूल्यमा ग्यास बिक्री गरेको प्रमाण भेटिएको कारवाही गरिएको हो ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

विभागले मंगलबारदेखि ग्यास उद्योग, विक्रेता तथा डिपोमा केन्द्रित भएर अनुगमन तीव्र बनाएको जनाएको छ। बिहीबार मात्रै ग्यास उद्योग तथा डिपो गरी १० वटा स्थानमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अधिकांश स्थानमा ग्यासको आपूर्ति नभएको र सयौँ उपभोक्ता सिलिन्डर लिन लामो लाइनमा बसेको पाइएको विभागले जनाएको छ।

काठमाण्डौ उपत्यकामा ग्यास सिलिन्डर भर्ने १९ वटा प्लान्ट भए पनि कृष्णभीरमा सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट नियमित रूपमा आउन सकेका छैनन्। त्यसपछि व्यवसायीले हेटौँडा, वीरगन्ज, नवलपरासी, धनुषालगायतका क्षेत्रबाट ग्यास भरेर वैकल्पिक मार्ग हुँदै उपत्यकामा ल्याइरहेका छन्।

वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा थप १०५ रुपैयाँ ३८ पैसा जोडेर बिक्री गर्न उद्योगीलाई आग्रह गरेको छ।

तर उपभोक्ता भने २ हजार ६ सयदेखि ३ हजार रुपैयाँसम्म तिर्न तयार हुँदा पनि सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्।

नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्छ। तर अहिले दैनिक औसतमा करिब ३० हजार सिलिन्डर मात्र उपत्यकामा भित्रिइरहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.