१८ दिनपछि खुल्यो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकी पुल
काठमाण्डौ । बाढीले पहुँच सडक बगाएपछि अवरुद्ध बनेको तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल १८ दिनपछि पुनः सञ्चालनमा आएको छ।असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको दुवैतर्फको पहुँच सडक बगाएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो।नवलपुरतर्फको अस्थायी पहुँच सडक यसअघि नै निर्माण भइसकेको थियो भने...

