हिम पर्वत हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै
काठमाडौं। हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयरमा आवेदन दिने समय आज बैंकिङ समयपछि बन्द हुने भएको छ।कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। मागभन्दा बढी आवेदन प्राप्त भएपछि कम्पनीले सोमबार बैंकिङ समयपछि आवेदन लिने कार्य बन्द गर्न लागेको हो।

