कार्यकारी निर्देशकबाट सरुवा गर्ने कुलमानको निर्णयविरुद्ध हितेन्द्रले गरे रिट दायर
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जामन्त्री कुलमान घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शाक्यले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गर्ने घिसिङको निर्णयविरुद्ध रिट दायर गरेका हुन् ।

                
                        
                        