हायात प्लेस बुटवल सञ्चालनमा
काठमाण्डौ। पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा एक नयाँ युगको सुरुआत गर्दै हायात प्लेस बुटवलले आधिकारिक रूपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। यो होटल बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल हो, जसले सहरको तीव्र आर्थिक र पर्यटकीय विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

