सार्वजनिक बिदा बाहेकका सबै दिन संसद बैठक सञ्चालन गर्ने निर्णय
काठमाण्डौ । सभामुख र प्रमुख सचेतकबीचको बैठकले सार्वजनिक बिदा बाहेक अन्य सबै दिन संसद बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । सभामुखको कार्यकक्ष सिंहदरमा आज भएको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए ।