सोमबार, श्रावण १८,२०८३ 06:40:00
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:40:00
Bizshala
Global IME Bank Limited

प्रतिनिधिसभा बैठकका लागि महालेखा प्रतिवेदनसहित विभिन्न विधेयकहरू कार्यसूचीमा

प्रतिनिधिसभा बैठकका लागि महालेखा प्रतिवेदनसहित विभिन्न विधेयकहरू कार्यसूचीमा
New Office

काठमाण्डौ । प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। महासचिव पद्मप्रसाद पाण्डेले हस्ताक्षर गरेको कार्यसूचीअनुसार बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनदेखि विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत तथा पारित गर्ने तयारी गरिएको छ।

शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘महालेखा परीक्षकको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३’ सदनमा पेस गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले “सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पेस गर्न अनुमति माग्ने तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची पनि तय गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नेछन्। साथै, उनले बजेटसँग सम्बन्धित ‘आर्थिक विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दै विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत पेश गर्नेछन्।

यस्तै, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा पेस गर्नेछिन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.