वैदेशिक व्यापार करिब १४.७५% ले बढ्यो, व्यापार घाटा १४ खर्बमाथि
काठमाण्डौ । नेपालको वैदेशिक व्यापार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा विस्तार भए पनि संरचनात्मक असन्तुलन अझै गहिरिएको देखिएको छ। भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा कुल वैदेशिक व्यापार करिब १४.७५ प्रतिशतले वृद्धि भई १९ खर्ब ४१ अर्ब रुपैयाँ नाघेको छ।व्यापार विस्तारको प्रमुख चालक आयात नै रहेको तथ्याङ्कले देखाउँछ। सो अवधिमा आयात १४.८२ प्रतिशतले...

