आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा १२.२% ले वृद्धि
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई रु.७२ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३७.९ प्रतिशत र ३.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम...

