इमरान खानलाई अस्पताल सार्ने आदेशविरुद्ध पाकिस्तान सरकार पुनरावलोकनमा जाने
काठमाण्डौ । पाकिस्तान सरकारले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई निजी अस्पतालमा सार्न दिएको सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिने भएको छ।पाकिस्तानका कानुनमन्त्री आजम नजिर तरारले भिडियोमार्फत अदालतको आदेश कानुनी व्यवस्थाअनुकूल नभएको भन्दै सरकार पुनरावलोकनका लागि अदालत जाने जानकारी दिएका हुन्।सर्वोच्च अदालतले मंगलबार दिएको आदेशमा खानलाई दुई...

