विश्व अर्थतन्त्र

अमेरिकामा ३% पुग्यो मुद्रास्फीति, ब्याजदर कटौतीको सम्भावना उच्च

काठमाण्डौ । अमेरिकामा मुद्रास्फीतिदर ३ प्रतिशत पुगेको छ । अमेरिकाको ब्यूरो अफ लेबर स्टाटिस्टीक्सले शुक्रबार जारी गरेको तथ्यांक अनुसार सेप्टेम्बर महिनामा उपभोक्ता मूल्य सूचक ०.३ प्रतिशतले बढ्दै वार्षिकदर ३ प्रतिशत पुगेको हो ।  यो दर गत जनवरी पछिकै उच्च हो । यो वर्षको सुरुवातदेखि नै अमेरिकामा मूल्यवृद्धि  तीव्र गतिमा बढेको थियो ।