एउटै दिन सेयर किनबेच गर्ने बाटो खोल्दै धितोपत्र बोर्ड, सुरुमा सीमित कम्पनी र लगानीकर्ताबाट परीक्षण
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एउटै कारोबार दिनभित्र सेयर किनेर बेच्न मिल्ने ‘अन्तरदिवसीय कारोबार’ सञ्चालनको तयारी अघि बढाएको छ। बोर्डले बिहीबार सार्वजनिक गरेको अवधारणापत्रमा यस्तो कारोबार सुरुमा सीमित धितोपत्र, ब्रोकर र लगानीकर्तामार्फत परीक्षण गर्ने प्रस्ताव छ।अन्तरदिवसीय कारोबारमा लगानीकर्ताले एउटै दिन सेयर खरिद र बिक्री गरी आफ्नो कारोबार स्थिति सोही दिन...

