बिहीबार, आश्विन २९,२०८३ 02:32:26
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 02:32:26
Bizshala
Global IME Bank Limited

एउटै दिन सेयर किनबेच गर्ने बाटो खोल्दै धितोपत्र बोर्ड, सुरुमा सीमित कम्पनी र लगानीकर्ताबाट परीक्षण

किनेर सोही दिन बेच्न मिल्ने प्रस्ताव; पहिले बेचेर पछि किन्ने व्यवस्था भने धितोपत्र सापटी र ‘कभर्ड सर्ट सेलिङ’को पूर्वाधार बनेपछि मात्रै

Bizshala
एउटै दिन सेयर किनबेच गर्ने बाटो खोल्दै धितोपत्र बोर्ड, सुरुमा सीमित कम्पनी र लगानीकर्ताबाट परीक्षण
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एउटै कारोबार दिनभित्र सेयर किनेर बेच्न मिल्ने ‘अन्तरदिवसीय कारोबार’ सञ्चालनको तयारी अघि बढाएको छ। बोर्डले बिहीबार सार्वजनिक गरेको अवधारणापत्रमा यस्तो कारोबार सुरुमा सीमित धितोपत्र, ब्रोकर र लगानीकर्तामार्फत परीक्षण गर्ने प्रस्ताव छ।

अन्तरदिवसीय कारोबारमा लगानीकर्ताले एउटै दिन सेयर खरिद र बिक्री गरी आफ्नो कारोबार स्थिति सोही दिन बन्द गर्छन्। बोर्डले पहिलो चरणमा ‘पहिले किन्ने, पछि बेच्ने’ मोडेल प्रस्ताव गरेको छ। ‘पहिले बेच्ने, पछि किन्ने’ मोडेल भने धितोपत्र सापटी तथा कभर्ड सर्ट सेलिङका लागि आवश्यक कानूनी, प्राविधिक र संस्थागत पूर्वाधार विकास भएपछि मात्रै अघि बढाउने अवधारणापत्रमा उल्लेख छ।

अर्थ मन्त्रालयले भदौ २९ गते जारी गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ र बोर्डको चालु आर्थिक वर्षको नीतिअनुसार यो प्रक्रिया अघि बढाइएको हो। मार्जिन ऋण कारोबारसम्बन्धी नियमावलीको मस्यौदामा प्राप्त सुझाव समेटेर अन्तिम रूप दिने काम पनि भइरहेको बोर्डले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कुन सेयरमा कारोबार गर्न पाइने ?

बोर्डको प्रस्तावअनुसार सुरुमै सबै सूचीकृत कम्पनीका सेयरमा अन्तरदिवसीय कारोबार खुल्ने छैन। नियमित कारोबार हुने, पर्याप्त तरलता भएका र मूल्य हेरफेर तथा बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम भएका धितोपत्रलाई मात्रै प्रारम्भिक सूचीमा राखिनेछ। त्यो सूची बजारको अवस्था र जोखिम हेरेर समय समयमा पुनरावलोकन गर्ने अवधारणा छ।

लगानीकर्ताका लागि पनि ग्राहक पहिचान विवरण, जोखिमसम्बन्धी जानकारी, कारोबारको उपयुक्तता मूल्याङ्कन र सम्झौताको व्यवस्था प्रस्ताव गरिएको छ। अन्तरदिवसीय कारोबारमा सम्भावित घाटा, मार्जिनको प्रयोग र तोकिएको समयमा कारोबार बन्द नभए स्वतः बन्द हुने व्यवस्थाबारे लगानीकर्तालाई पहिले नै जानकारी दिनुपर्नेछ।

समयमै सेयर नबेचे के हुन्छ ?

प्रस्तावित प्रणालीमा खुला रहेको अन्तरदिवसीय कारोबार स्थिति तोकिएको समयभित्र बन्द गर्नुपर्नेछ। लगानीकर्ताले आफैँ बन्द नगरे प्रणालीबाट अटो स्क्वायर अफ गर्ने व्यवस्था प्रस्ताव छ। कारोबार गर्नुअघि उपलब्ध मार्जिन जाँच्ने र कारोबार भइरहँदा लगानीकर्ताको जोखिम वास्तविक समयमा निगरानी गर्ने अवधारणा अघि सारिएको छ।

मार्जिन कम भए चेतावनी दिने, थप रकम माग्ने, कारोबारमा प्रतिबन्ध लगाउने वा आवश्यक अवस्थामा कारोबार स्थिति स्वतः बन्द गर्ने विकल्प अवधारणापत्रमा छन्। तर स्वतः बन्द गर्ने समयमा बजारमा पर्याप्त खरिदकर्ता नभए उत्पन्न हुने घाटा र दायित्व कसले व्यहोर्ने भन्ने विषयमा बोर्डले सरोकारवालासँग सुझाव मागेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

बोर्डकै मूल्याङ्कनमा बजार ‘ससर्त तयार’

अवधारणापत्रले नेपालको बजारलाई अन्तरदिवसीय कारोबारका लागि ‘ससर्त रूपमा तयार’ मानेको छ। विद्युतीय कारोबार, अभौतिक धितोपत्र र अनलाइन कारोबारको आधार तयार भए पनि वास्तविक समयको जोखिम व्यवस्थापन, ब्रोकरका कारोबार तथा जोखिम नियन्त्रण प्रणाली, बजार निगरानी, भुक्तानी समन्वय र साइबर सुरक्षामा थप काम आवश्यक रहेको बोर्डको निष्कर्ष छ।

त्यसैले कानून र सञ्चालन मापदण्ड तयार गरी प्रणालीको परीक्षण, तनाव परीक्षण र सञ्चालन तयारीको मूल्याङ्कनपछि मात्रै सीमित दायरामा परीक्षण कारोबार सुरु गर्ने प्रस्ताव गरिएको छ। परीक्षणको नतिजामा प्रणालीको स्थिरता, मूल्य उतारचढाव, मार्जिन अभाव, कारोबार फर्छ्यौटमा समस्या, लगानीकर्ताका गुनासा र बजार निगरानीबाट आएका संकेतसमेत हेरिनेछन्।

बोर्डले अन्तरदिवसीय कारोबारबाट बजारमा तरलता र मूल्य अन्वेषण सुधार हुन सक्ने अपेक्षा गरेको छ। तर कम कारोबार हुने सेयरमा मूल्य अस्थिरता र चलखेलको जोखिम बढ्न सक्ने भएकाले जोखिम नियन्त्रणलाई कारोबार विस्तारको पूर्वसर्त बनाएको छ।

यो अवधारणापत्र सार्वजनिक परामर्शका लागि हो; अन्तरदिवसीय कारोबार सुरु गर्ने अन्तिम निर्णय वा कार्यान्वयन मिति घोषणा गरिएको छैन। बोर्डले प्राप्त सुझावका आधारमा अन्तिम नियामकीय र सञ्चालन ढाँचा तयार गर्ने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.