काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ।
कम्पनीले ५२ करोड ५० लाख रुपैयाँ बराबरको ५२ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो। कम्पनीले असोज १५ गते सेबोनमा निवेदन दिएको छ।
बोर्डबाट अनुमति पाएपछि कम्पनीले १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।