अपर हेवाखोला हाइड्रोपावरले माग्यो ५२ करोड बढीको हकप्रद निष्कासन अनुमति
काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ।कम्पनीले ५२ करोड ५० लाख रुपैयाँ बराबरको ५२ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो। कम्पनीले असोज १५ गते सेबोनमा निवेदन दिएको छ।

