ठूलो पुँजीकरण हुँदैमा ठूलो प्रभाव नपर्ने, नयाँ बेञ्चमार्कको तयारीमा सेबोन
काठमाडौं । सेयर बजारको दिशा देखाउने सूचकाङ्कमा अब कम्पनीको कुल सेयर संख्याभन्दा बजारमा वास्तवमै किन्नबेच गर्न उपलब्ध सेयरको हिस्सा निर्णायक बनाउने प्रस्ताव अघि सारिएको छ। नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको ‘धितोपत्र बजारमा बेञ्चमार्क सूचकाङ्कको पुनर्संरचना सम्बन्धी कार्यपत्र, २०८३’ ले हालको नेप्सेलाई निरन्तरता दिँदै लगानीयोग्य बजारको प्रदर्शन मापन गर्न छुट्टै...

