बुधबार, आश्विन २८,२०८३ 05:14:22
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 05:14:22
Bizshala
Global IME Bank Limited

चार हाइड्रो र एक होटलको आईपीओ आवेदन, १.९० करोड कित्ता सेयर आउँदै

Bizshala
चार हाइड्रो र एक होटलको आईपीओ आवेदन, १.९० करोड कित्ता सेयर आउँदै
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा थप ५ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति मागेका छन्। आवेदन दिनेमा एउटा होटल तथा पर्यटन क्षेत्रको कम्पनी र ४ वटा जलविद्युत कम्पनी छन्।

यी कम्पनीले कुल १ अर्ब ९० करोड ११ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ११ हजार ४२६ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

होटल तथा पर्यटन क्षेत्रबाट होटल सिराइचुली लिमिटेडले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्कासनका लागि असोज ७ गते आवेदन दिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

जलविद्युततर्फ साशा इन्जिनियरिङले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता, पिस इन्जिनियरिङ हाइड्रोपावरले ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता र युनिटेक हाइड्रोपावरले १९ करोड ७० लाख रुपैयाँ बराबरको १९ लाख ७० हजार कित्ता सेयर निष्कासन गर्न असोज ७ गते बोर्डमा आवेदन दिएका छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, मुनलाईट हाइड्रोले ९२ करोड ४१ लाख ४२ हजार रुपैयाँ बराबरको ९२ लाख ४१ हजार ४२६ कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै असोज १६ गते बोर्डमा निवेदन दिएको छ। पाँच कम्पनीमध्ये सबैभन्दा ठूलो आईपीओ प्रस्ताव मुनलाईट हाइड्रोकै हो।

साशा इन्जिनियरिङको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल, पिस इन्जिनियरिङ हाइड्रोपावरको माछापुच्छ्रे क्यापिटल तथा युनिटेक हाइड्रोपावर र मुनलाईट हाइड्रोको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.